Sajhamanch Archive

युएईमा डम्फु साँझ २०१९ को तयारी तीब्र

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, by .

दुबई । हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान भन्ने नाराका साथ तामाङ जातिको सांस्कृतिक चिनारी डम्फूको नामबाट ऐतिहासिक पहिलो डम्फू साँझ २०१९ गर्न लागिएको छ ।

युएइको देरादुबईस्थित कार्लटन टावर होटलमा आगामी १९ अप्रिलका दिन डम्फू साँझसहित बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू लोप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै डम्फूको प्रचारप्रसार र सांस्कृतिक जगेर्ना गर्दै समुदायलाई एकतावद्ध गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी दिएका हुन् ।

कार्यक्रममा नेपालबाट चर्चित सेलो गायिकाहरु इन्दिरा गोले, जीतु लोप्चन, गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया, गायक सुमन घले, तामाङ चलचित्रको वरिष्ठ नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुष्मा मोक्तान र उद्घोषक स्मारिका थिङ तामाङ आउने भएका छन् ।

उक्त कार्यक्रमको प्रचार प्रसारकाका लागि आयोजकले युएइका विभिन्न शहरहरुमा पुगेर त्यहाँ क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिसँग भेट गरी उपस्थितिका लागि आह्वन गर्दै प्रचारप्रसारलाई तिब्रता दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *