Sajhamanch Archive

‘पृथकतावादी आन्दोलन समाप्त’ ; प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, विविधा by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले डा सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको पनि स्पष्ट पारे। उनले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको पनि बताए।

सिके राउतले संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई केहीले शंकालु दृष्टिले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि व्यक्त गरे।

‘पृथकतावादी आन्दोलन छाडेर मूल धारको राजनीतिमा आउनु र ल्याउन मुलुकको सुशासन र विकासलागि सफलता नभए के हो ? ’ प्रधानमन्त्री ओलीको प्रश्न थियो।

राष्ट्रिय किसान आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिके राउत मूल धारको राजनीतिमा आएकोमा शंका नगर्न पनि आग्रह गरे।

शंका, षड्यन्त्र र धोकामाथि आफ्नो विश्वास नै नरहेको प्रधानमन्त्री ओलीको भनाई छ। प्रधानमन्त्री ओलीले सिके राउत मूल धारको राजनीतिमा आउँदा केही मान्छे छटपटाएको उल्लेख गर्दै त्यसलाई मान्छेसँग रिसाएको बिरालोले खाँबो चिथोरेको घटनासँग तुलना पनि गरे।

उनले सरकारले मुलुकको समृद्धिका लागि आफ्नो अभियानलाई तीव्रताका साथ अघि बढाएको दावी पनि गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *