Sajhamanch Archive

ऋषिङमा ट्याक्टर पल्टियो १ को मृत्यु, ६ घाइते, दुई गम्भीर

Published: in राष्ट्रिय समाचार, समाज by .

दमौली । ऋषिङ गाउँपालिका ६ सार्की चौतारीमा यात्रु बोकेको ट्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ऋषिङ ५ की ३५ वर्षीया मैयाँ सिञ्जाली रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । टयाक्टरमा विवाहको भोज खाएर फर्किदै गरेका जन्ती सवार थिए।

ऋषिङ ७ ओख्लेबाट ऋषिङ ५ सपाङदी तर्फ गइरहेको ग १ त ५३१० नम्बरको ट्याक्टर अत्यधिक गतिका कारण दुर्घटनामा परेको हुनसक्ने ऋषिङ गाउँपालिकाका कर्मचारी दानबहादुर श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको छ। दुर्घटनामा चालक समेत गम्भीर घाइते छन्। घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरेर पोखरा उपचारका लागि पठाएको श्रेष्ठले बताए।

घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *