Sajhamanch Archive

धुलावारी – भद्रपुर जाने भित्री सडक खण्डमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । झापाको मेचीनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा बाह्दर्शी गाउँपालिका ३ बस्ने ६२ बर्षीय चुनु हेमरन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका १५ स्थित धुलावारी–भद्रपुर जाने भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ४ ख २०३६ नम्बरको ट्रकले पैदल हिडिरहेका हेमरनलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको छ ।

घटना बारे थप अनुसन्धानभै रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *