Sajhamanch Archive

साइकलबाट लडेर मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

राजविराज । अग्निसाइर कृष्णासवरण गाउँपालिका–५  बकधुवा घर भएका करिब २९ वर्षीय डिल्लीराम अर्यालको साइकलबाट लडेर मृत्यु भएको छ।

 प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी साइकल चलाएका अर्याल साइकल चढेर घर जाने क्रममा गाउँनजिकै रहेको पुलमा ठोक्किंदा लडेर घाइते भएका थिए।

उनको स्थानीय धर्मेश्वर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पुर्याइएको थियो। त्यहाँ पनि उपचार सम्भव नहुँदा विराटनगरस्थित नोवेल अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *