Sajhamanch Archive

२५ किलो चाँदी र सय ग्राम सुनसहित दुई भारतीय पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

जनकपुर। प्रहरीले जनकपुरबाट २५ किलो चाँदी र सय ग्राम सुनसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहारको मधुवानी जिल्ला बासोपट्टी–४ बस्ने वर्ष ३७ का कृष्ण कुमार महतो र सोही गाउँका ३० वर्षका रुपेश महतो रहेको प्रहरीले जनाएको छ।

आइतवार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बीआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा लोहना जाने सडकमा उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले सोमबार बिहान पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सुनको बाला १ थान, गोलो टुक्रा १ थान र ९ प्याकेट चाँदीको दाना बरामद भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

बरामद भएको सुनको अनुमानित मूल्य ५ लाख २४ हजार ७ सय र चाँदीको मूल्य १६ लाख १८ हजार २ सय ५० रुपैयाँ रहेको प्रहरी उपरीक्षक खनालले बताए।

उनीहरुलाई चेकजाँच गर्दा मोटरसाइकल ट्याङकी मुनिबाट प्वाल बनाइ प्वालमा ढोकाजस्तो नट कसेको अवस्थामा रहेकोमा नट खोली हेर्दा सेतो प्लास्टिकमा बेरेको अवस्थामा सुन र चाँदी बरामद गरेको उनले बताए।

पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको र मोटरसाइकलसहित सुन र चाँदी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउने तयारी भइरहेको जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *