Sajhamanch Archive

इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

कायरो  । इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४६ जना लडाकू मारिएका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।

‘आतङ्कबादी विरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कबादीहरुको त्रास रहेको उत्तरी तथा मध्य सिनाईमा भएको भीडन्तमा ४७ लडाकू मारिएका छन्’ सैन्य प्रवक्ता तामेर अल रेफैले भने।  घटनास्थलबाट अरु झण्डै एक सय जना आपराधिक व्यक्ति र लडाकूहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।  उनीहरुले ३८ ओटा सवारी साधन, १४ ओटा मोटरसाईकल उनीहरु बस्ने दुई घर नष्ट गरिदिएका छन् ।

सन् २०१३ मा तत्कालिन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्त गरिएपछि उहाँका समर्थकहरुले इजिप्टमा आन्दोलन गर्दै आइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *