Sajhamanch Archive

आर्मी क्लबले उचाल्यो झापा गोल्डकपको उपाधि

Published: (Updated: ) in खेलकुद by .

बिर्तामोड । मगमग झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा घरेलु टोली झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । उपविजेता झापाले नगद ६ लाख ५ हजार पाएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफको २४ औ मिनेटमा आर्मीका सन्तोष तामाङले फ्रि किक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले व्यत्तिगत २ गोल गरे । आर्मीको जितका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले गोल गरेका हुन् । झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस् र भिक्टोरले गोल गरे ।

झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि पनि हात पारेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *