Sajhamanch Archive

स्कुल बसले किचेर २ वर्षिया बालिकाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–२ हुल्म बजारमा स्कुल बसले किचेर खाँडाचक्र नगरपालिका–२ निवासी २ वर्षिया बर्षा शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार जिल्ला सदरमुकाम मान्मस्थित बालविकास बोर्डिङ स्कुलको भे १ ख २३८२ नम्बरको बसले हुल्म बजारमा ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको जिल्ला अस्पताल कालिकोटमा समान्य उपचार पछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।

घाइते बालिकाको प्रदेश अस्पताल कालागाँउ सुर्खेत पुगेपछि अस्पतालमै मृत्यु भएको प्रहरीको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *