Sajhamanch Archive

राहुल गान्धीले ‘मसूद अजहरजी’ भनेपछि, भाजपाको विरोध

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

भारत । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आतंककारी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई ‘मसूद अजहरजी’ भनेपछि भारतीय जनता पार्टी, भाजपा भड्किएको छ।

आतंककारी नेतालाई राहुलले जी भनेको भन्दै भाजपाले विरोध गरेको हो।

राहुलले राजधानी नयाँ दिल्लीमा सोमबार आयोजित कार्यक्रमका क्रममा एक प्रसंगमा मसूद अजहरलाई जी भनेका थियो।

सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले जैश–ए–मोहम्मदका प्रमुख अजहरलाई भेटेको भन्ने आरोप लगाउँदै गर्दा जी शब्द प्रयोग गरेका थिए।

आतंककारीलाई जी भनेको भन्दै भाजपा नेतृ स्मृति इरानीले राहुलले आतंकारी र पाकिस्तानप्रति प्रेम देखाएको भन्दै सम्बन्धबारे प्रश्न गरेका छन्।

भारतमा आगामी महिना हुन लागेको लोकसभा निर्वाचनको प्रचारप्रसार तिव्र भइरहेका बेला त्यहाँका मुख्य दल कांग्रेस आई र भाजपाले एक अर्काप्रति नकारात्मक प्रचार गर्न व्यस्त देखिएका छन्।

यसैबीच, भाजपाका अर्का नेता राज्यमन्त्री अनन्त हेगडेले राहुल गान्धीको डीएनए जाँच हुनुपर्ने विवादित अभिव्यक्ति दिएका छन्।

उनले राहुलको वंश पत्ता नलागेको भन्दै डीएनए जाँचको माग गरेका हुन्।

यसअघि हेगडेले बालाकोटमा भएको आतंककारी आक्रमणमासमेत गान्धीको नाम जोडेर विवादित बनेका थिए। उनले गान्धीलार्ई मुस्लिमको सन्तान, गान्धी थर धारण गरेको र आफूलाई ब्राह्मण भन्ने व्यक्ति’ भनेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *