Sajhamanch Archive

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको श्रीनगरबाट लान्तीबजार तर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर गएराती सवा ८ बजेतिर शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको हो ।

ट्याक्टर सडकदेखी झण्डै ३० मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडी चालक शारदा नगरपालिका १२ चिसापानीका २४ बर्षीय कृष्ण डाँगी र गाडीमा सवार चैबाङज्यूला बस्ने १३ वर्षका अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

ट्याक्टर दुर्घटनामा घाईते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएको थियो । उपचारकै क्रममा राती साढे ९ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *