Sajhamanch Archive

समयमा दुधको भुक्तानी नपाउँदा ईलामका कृषकलाई समस्या

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

पशुपतिनगर । ईलाम सूर्योदय नगरपालिकाका दुग्ध उत्पादक कृषकलाई यतिवेला आफुले विक्री गरेको दुधको भुक्तानी समयमा नपाउँदा समस्यामा परेका छन् ।

पशुपालक कृषकले जसोतसो दुध उत्पादन गरेर डेरीमा विक्री गरे पनि डेरीले एक देखि ३ महिना सम्म पनि कृषकलाई दुधको रकम भुक्तानी नगरेको सुर्योदय नगरपालिका ३ की कृषक विमला तामाङ्ग बताउँछिन् । दुधको रकम समयमा भुक्तानी नपाएका कारण पशुलाई दानापानी दिन आवश्यक घरखर्च चलाउन समेत समस्या हुने गरेको तामाङ्गले जनाकारी दिइन् ।

कृषकले विक्री गरेको दुधबाट निर्मित सामाग्री छुर्पी, पनिर, चिज जस्ता सामान विदेश निर्यातमा विभिन्न समस्या देखाएर पछिल्लो समयमा विदेश निर्यात हुन सकेको छैन । पशुमा प्रयोग गरीने विभिन्न एन्टिवायोटिक औषधी लगातका कारण निर्यात नभएपछि हामि डेरी सन्चालकले कृषकको दुधको भुक्तानी समयमा दिन नसकेको डेरी सन्चालक युवराज राई बताउँछन् ।

कृषकबाट संकलित दुधले बजार नपाउनु बजारपाए पनि दुधको मुल्य घटबड हुनु जसका कारण डेरी सन्चालकलाई पनि समस्या आएको छ । यसको असर कृषकसम्म पुग्ने गरेको सुर्योदय नगरपालिका ९ स्थित सुन्दर डेरीका सन्चालक समिर यल्मो बताउँछन् ।

पशुपालन व्यवसायमा थुप्रै समस्या छन् कतिपय समस्या कृषक आफ्नै कारणले गर्दा भएका छन् भने कति समस्या सम्बन्धित पक्षबाट भएको सूर्योदय नगरपालिका ९ का अर्का कृषक निमा लेप्चाको भनाई छ ।
उनका अनुसार कृषक लाई पशुपालन सम्बन्धि आवश्यक ज्ञानको कमि, आहारा व्यवस्थान जस्ता समस्याका कारण ले गर्दा पनि पशुपालन फस्टाउन नसकेको लेप्चा बताए ।

कृषकले पुरानै तरिकाले पशु पालन गरिरहेकोे कुन पशुलाई कस्तोे आहारा दिनुपर्ने, औषधी उपचार कसरी गर्ने , प्रजनन् व्यवस्था कसरि गर्ने लगायतका विषयमा ज्ञान नभएका कारणले पशुपालन को क्षेत्रमा यति ठुलो अवसर हुँदा हँदै पनि पशुपालन व्यवसाय फस्टाउन नसकेका सूर्योदय नगरपालिका ९ का कृषक दिवश राई बताए ।
कृषकलाई पशु विमा, पशु आहारा पशुमा लाग्ने रोगका बारेमा जानकारी दिन अतिनै आवश्यक छ । पशुपालनको क्षेत्रमा यतिठुलो अवसर हुँदाहुँदै पनि यस ठाउँका कृषकले पशुपालनबाट आसा गरे जस्तो आम्दानी लिन नसकेको स्वस्थ्य प्राविधिक सुरेश रेग्मीले बताए ।

दुध उत्पादनको हब मानिएको पुर्वको ईलाम जिल्ला पछिल्लो समय दुध तथा दुग्धजन्य उत्पादनले बजार नपाउँदा यस पेशाबाट कृषक क्रमश पछि हट्न थालेका छन् । सरकारले कृषिलाई प्रथमिकता दिरहेका बेला पुस्तौदेखि सञ्चालन गर्दै आएको पेशाबाट पछि हट्नु राम्रो होईन । समयमा नै कृषकको समस्या बुझेर सम्बन्धित पक्षले ध्यान नदिने हो भने भोली पशुपालनको क्षेत्रमा ठुलो समस्या आउन सक्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *