Sajhamanch Archive

नेपालमै शुरु भयो पेट्रोलियम पदार्थको उत्खनन्, चीनको कम्पनीले यसरी काम थाल्ने

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

काठमाडौँ । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो ।

चीनले २ अर्ब ४० करोड रुपैँया लगानीमा २ अर्ब वर्षभित्र उत्खनन् गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।

खानी तथा भूगभए विभागको महानिर्देशक डा. सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२–१७ चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खननसम्बन्धमा छलफल गरी काम सुरु गर्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *