Sajhamanch Archive

सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरु हुँदै

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । सडक दूर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम यही फागुन ३० गतेदेखि शुरु गरिने भएको छ ।

महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा हुने दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको बिर्तामोडबाट गरिो आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभात फेरी, ट्राफिक सामग्री हस्तान्तरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास र सडक दूर्घटना न्यूनीकरणको १५ दिने अभियानको शुभाराम्भ गरिने संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

झापाका जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राईका अनुसार प्रभात फेरी हनुमान सेन्ट्रलबाट सुरु भर्इ शनिश्चरेरोड, कृषिथोक, इलाम स्टेण्डहुँदै हनुमान सेन्ट्रलमा नै पुग्नेछ । प्रभात फेरीमा सहभागिीताका लागि ३० वटा शिक्षण संस्थालाई निमन्त्रण गरिेएको उनले बताए ।

कार्यक्रममा ३५ लाखभन्दा बढी मूल्यका सामग्री हस्तान्तरण गरिनेछ । १० थान मोटरसाइकल, १० थान ब्रेथ लाइजर, १० थान विल लक र ७०० जना चालकका लागि पोशाक प्रदान गरिने संयोजक गिरीले बताए ।

त्यस्तै, बिर्तामोड ३ बिर्ताबजारमा रहेको ८ कठ्ठा जमिनमा जिल्ला ट्राफिक प्रहरीको ३ तले भवन निर्माण हुने भएको छ । उक्त भवनको सोही कार्यक्रममा डिजिटल प्रविधिबाट शिलान्यास गरिने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा कार्यालयसहित सेमिनार हल निर्माण हुने ट्राफिक प्रहरी प्रमुख राईले जानकारी दिए ।

सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियानको शुभाराम्भ पनि सोही कार्यक्रमबाट हुनेछ । सो अभियान प्रदेश १ का १४ वटै जिल्लामा सञ्चालन हुने प्रदेश ट्राफिकका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार न्यूनीकरण अभियान झापामा बिहीबार भए पनि अन्य जिल्लामा चैत १ गतेबाट सुरु हुनेछ । महाअभियानको उद्घाटन गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आउने थाहा भएको छ । महाअभियानको समापन धरानमा हुने कार्यक्रम तय गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *