Sajhamanch Archive

‘विप्लबलाई प्रतिबन्धमात्र होइन कार्बाही गर्नुपर्छ’ : कांग्रेस सभापति देउवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपाका आतंकवादी क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाउन गरेको निर्णयको प्रशंशा गरेका छन् ।

‘बम बिस्फोट गरेर समाजमा आतंक फैलाउनेलाई प्रतिबन्धमात्र होइन कारबाही नै गर्नुपर्छ’ पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले बताएका छन्।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै देउवाले भनेका छन्, ‘जथाभावी बम बिस्फोट गर्ने, आक्रमण गर्ने र अशान्ति मच्चाउने बिप्लबलाई प्रतिबन्धमात्र होइन कडा कारबाही गर्नुपर्छ।’

मान्छे मार्ने काम राजनीतिक हुनै नसक्ने भन्दै उनले आफ्नै कार्यकर्ता पनि बिप्लबको आतंककारी गतिबिधिका कारण पीडित भएको देउवाको भनाई छ । कांग्रेस सभापति देउवाले बम पड्काएर मान्छे मार्नेलाई त्यत्तिकै छाड्न नहुनेमा जोड दिएका हुन् ।

यसैबीच, सरकार र सिके राउतबीच भएको सहमतिप्रति कांग्रेस सभापति देउवाले आफूहरुलाई मान्य नभएको सुनाएका छन् । देश टुक्र्याएर राष्ट्रिय अखण्डतामाथि प्रहार गर्ने काम सह्य नहुने भन्दै उनले राष्ट्रिय अखण्डताका बिषयमा हुने जनमत संग्रह कुनै पनि हालतमा स्वीकार्य नहुने प्रष्ट पारेका छन् ।

झापाका विभिन्न कार्यक्रममा सहभागिताका लागि कांग्रेस सभापति देउवासहितको टोली बिराटनगर हुँदै आएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *