भरतपुर महानगरको वडा कार्यालयमा विष्फोट
Published: (Updated: )
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2019/02/190213-iran-suicide-bomb-guards-cs-413p_8190bbbee80b540834f7f0201ea9b7b8.fit-2000w_G4HglvN6j0.jpg)
चितवन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२:३० बजे गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको जानकारी दिए ।
जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।
घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए । विष्फोटमा विप्लव निकट नेकपाको संलग्नता रहेको अनुमान गरिएको पनि राठौरले बताएका छन्।
Comments