Sajhamanch Archive

सतर्कता केन्द्रको छड्केमा १२४० सरकारी कर्मचारी, कारवाही गर्न केन्द्रबाट पत्र गयो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले १ हजार २४० जना कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयहरुलाई सिफारिस गरेको छ ।

केन्द्रले जनाएअनुसार २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा १ हजार २४० जना कर्मचारीले नीति नियमको पालना नगरेको पाइएको थियो ।

सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार छड्को अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र तोकिएको पोशाक नलगाउने ३४३ जना कर्मचारीलाई कारवाही सिफारिस गरिएको हो ।

केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको हो । केन्द्रले ४४३ कार्यालयमा रहेका नागरिक बडापत्रको अनुगमन गरेको छ ।

केन्द्रले नियमितरुपमा सरकारी कार्यालयको छड्के अनुगमन गर्ने गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा ५२ जिल्लामा रहेका कार्यालयमा छड्के अनुगमन गर्दा २ हजार ३७७ कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *