Sajhamanch Archive

झापामा जुडो र हक्कीको छनोट खेल हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

भद्रपुर । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ स्तरीय जुडो तथा हक्की प्रतियोगिताको छनोट खेल झापामा सुरु भएको छ । बुधबारबाट भद्रपुरस्थित मेची रङ्गशालामा सुरु छनोट खेलको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पोर्तेलले खेल र खेलाडीको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनसके सम्पूर्ण खेल जगतको विकास हुने बताए ।

बिहीबारसम्म सञ्चालन हुने खेलमा प्रदेश १ का पाँच जिल्लाबाट जुडो र झापाका हक्की खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाले जानकारी दिए ।

पूर्वाञ्चल खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको सह–आयोजनामा छनोट खेल सुरु भएको हो । अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ७ वटै प्रदेशमा विभिन्न खेलका खेलाडी छनोट भइरहेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले राष्ट्रको विकास र समृद्धिसहितको पहिचानको लागि खेलकुद महत्वपूर्ण क्षेत्र भएकाले प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता झापामा हुनु खुसीको क्षण भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *