Sajhamanch Archive

शहीद परिवारलाई प्रदेश १ भर वाइसिएलको सम्मान

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

झापा । वाइसिएल नेपालले देशव्यापीरुपमा सञ्चालन गरेको शहीद तथा वेपत्ता परिवारजनलाई सम्मान तथा भेटघाट गर्ने कार्यक्रम प्रदेश १ का विभिन्न जिल्लामा सम्पन्न गरेको छ ।

वाइसिएल प्रदेश संयोजक कर्म पुलामीका अनुसार सो कार्यक्रम अन्तरगत बुधबार झापाको दुर्गापुरमा कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) को प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमका वक्ताहरुले राजनीतिक परिवर्तनका आन्दोलनमध्ये २०५२ साल फागुन १ बाट शुरु भएको माओवादी जनयुद्धको उच्च महत्व रहेको बताए । वक्ताहरुले संघीयता, गणतन्त्र, धर्म निरपेक्षताजस्ता महत्वपूर्ण परिवर्तनहरुको श्रेय माओवादी जनयुद्धलाई जाने बताए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् प्रदेश सांसद झलकसिंह दर्लामी, वाइसिएलका केन्द्रीय महासचिव डण्डु शेर्पा, प्रदेश संयोजक पुलामी लगायतले झापाका शहीद तथा वेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गरेका थिए ।

सोहि प्रकृतिको कार्यक्रम वाइसिएलको सुनसरी र मोरङ जिल्ला कमिटीले संयुक्त रुपमा इटहरी, पाँचथर, इलाम, ताप्लेजुङ लगायतका जिल्लामा समेत सम्पन्न गरिएको वाइसिएलले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *