Sajhamanch Archive

बसभाडा १००, गोरो छाला देख्नेबित्तिकै ५००

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

पर्वत । कास्की र पर्वतको सिमानामा पर्ने नयाँपुल पर्यटकीय क्षेत्र हो।

कास्कीको वीरेठाँटी घुम्न र म्याग्दीको घाडोपानी लगायतका पर्यटकीय क्षेत्रमा जाने विदेशी पर्यटकहरु नयाँपुलमा खचाखच देख्न सकिन्छ।

बागलुङ, म्याग्दी र पर्वतबाट नयाँपुल हुँदै पोखरा जाने बसमा नेपाली जस्तै गरेर सजिलै चढ्छन विदेशी पर्यटक ।

तर सवारी सञ्चालकहरूको लुटेरा प्रवृत्तिका कारण उनीहरु आर्थिक मारमा पार्ने गरेका छन्।
विदेशी पर्यटकहरू देख्ना साथ बसवालाले पाँचगुना बढी भाडा माग्ने गरेका छन्।

गाडीवलाहरूले अरु भाषा नबोलेर अंग्रेजीमा भाडादर बताउँछन्। तर, नयाँपुलबाट कास्कीको पोखरा जाने र पोखराबाट नयाँपुल पुग्ने पर्यटकहरु कतिपयलाई भने त्यहाँको भाडादर नेपाली १०० रुपैयाँ हो भन्ने थाहा छ।

थाहा पाएकाहरु बार्गेनिङ गर्छन् तर थाहा नभएकाहरूले भने बसवालाहरु जति माग्छन्, उती नै तिर्न बाध्य हुने गरेका छन्।

नयाँपुलबाट कास्कीको सम्मको भाडा नेपाली र विदेशी सबैलाई एक सय रुपैयाँ हो।

बसहरुमा पनि भाडादर एक सय रुपैयाँ लेखेर टाँसिएको छ। तर, पर्यटकहरु त्यो भाडादर हेर्दैनन्, नेपाली भाषामा भएका कारण हेरेर पनि बुभ्mदैनन्।

भाडादर १०० रुपैयाँ तोकिएको भएपनि सवारी सञ्चालकहरुले ५०० रुपैयाँसम्म पनि लिने गरेको देखिएको छ।

गाडीको एउटै सिटमा बसेको नेपालीले एक सय रुपैयाँ तिर्दा विदेशी पाहुनाहरु त्यही यात्रालाई ५०० रुपैयाँ तिर्ने गरेका छन्।

पर्यटकहरू बसका कर्मचारीको व्यवहारका कारण आजित छन्। बसमा सवार फ्रान्सेली नागरिक लागेको भाडा मात्रै लिन अनुरोध गर्दै थिइन्।

बसका कर्मचारीले बुझ पचाए। ५०० सय रुपैयाँ तिर्न नसक्ने भए बसबाट ओर्लिन आग्रह गरे। बाध्य भएर उनले भाडा तिरिन्।

कतिपयले नेपाली गाइड साथमा लिएर हिँड्ने गरेको भएपनि नयाँपुलबाट पोखरासम्मको यात्रा गर्ने क्रममा उनीहरुको साथमा गाइड देखिँदैनन्।

यस कारण पनि नेपाली भाषामा बस सञ्चालकहरुसँग बार्गेनिङ गर्ने कोही हुँदैनन्।
विदेशी स्टेला वासनले बस कर्मचारीहरूले गर्ने व्यवहारप्रति कसलाई उजुरी गर्ने थाहा नभए बताइन्।

प्रहरी चौकी कहाँ छ, उजुरी गर्ने कसरी हो, भन्ने उनलाई थाहा छैन। त्यसमा पनि विदेशबाट नेपालका लागि पाहुना भएर आएका कारण उजुरी गर्न पनि उनलाई त्यति उचित लागेन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार नयाँपुलबाट पोखरासम्म आउजाउ गर्दा बसले लिने भाडाको विषयमा उजुरी आउने गरेको छैन।

ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी शिव पाठक भन्छन्, ‘नयाँपुल–पोखरा भाडाका विषयमा पर्यटकहरूको उजुरी खासै आएको छैन्। बरु पोखरा काठमाडौं रुटमा चल्नेहरूले भने भाडामा लापरबाही गरेको भनेर कहिलेकाहीँ रिपोर्ट आउने गरेको छ।’

                                                                                                                                   थाहाबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *