Sajhamanch Archive

पूर्व सहकर्मी प्रचण्ड–विप्लवलाई बाबुरामको सुझाव–कोर्स करेक्सन गर्नुस्

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई नयाँ विचारबाट अगाडि बढ्न सुझाव दिएका छन् ।

दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको दावी गर्दै उनले ‘कोर्स करेक्सन’ को सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा धारणा सार्वजनिक गदै उनले भनेका छन्–‘पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनु भएको छ समस्या व्यक्तिको नभएर विचारको हो यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म बीचको हो । ’

प्रचण्डले बोकेको संसदीय कम्युनिज्म र विप्लवको उग्रपन्थी कम्युनिज्मका कारण दुईबीच दन्तबझान चलेको बाबुरामको ठहर छ ।

दुवैलाई इतिहासले गलत सावित गरिसकेको दाबी समेत डा। भट्टराईले गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *