Sajhamanch Archive

केर्खाको सुदिन ट्रेडर्समा आगजनी, अढाई लाखको क्षति

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खा बजारमा रहेको सुदिन ट्रेडर्स एण्ड सप्लायर्समा गएराति आगजनी भएको छ ।

सो पसलले बिक्रीका लागि स्टोर गरेको पोलिथिन निर्मित ट्याङ्कीमा आगजनी गरिँदा लाखौं मूल्य बराबरको क्षति भएको हो । आगलागीबाट हजार लिटर क्षमताका १५ वटा र ५०० लिटर क्षमताका ३ वटा टेंक नष्ट भएको जनाइएको छ ।

यस्तै, १ दशमलव ५ इन्चको १ हजार फिट र १ इन्चको १ हजार फिट पाइपसमेत जलेर नष्ट हुँदा दुई लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामललाल सुब्बाले जानकारी दिए ।

आगो कसले, किन र कसरी लगायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान सुरु गरिएको डिएसपी सुब्बाले बताएका छन् । सुदिन ट्रेडर्समा बिक्रीका लागि राखिएका पोलिमर ट्याङ्कमा आगजनी गरिए पनि नजिकैको पसलको साइनबोर्ड मात्र झिकेर करिव सय मिटर पर लगी आगो लागाइएको पाइएको छ ।

मुख्य सडकसँग जोडिएका पसलमा आगलागी हुनु भनेको भोलिका दिनमा अन्य पसलमा समेत यस्तो घटना हुन सक्ने भन्दै वाणिज्य संघले व्यवसायी एवम् प्रहरी प्रशासनलाई आवश्यक कदम चाल्न ढिलो गर्न नहुने बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *