Sajhamanch Archive

प्रधानमन्त्री ओलीको आज यस्तो छ ; कार्य तालिका

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ र सुनसरी जाँदैछन्।

प्रधानमन्त्री ओली आज दिनभर कृषि बजारको उद्घाटन देखि बर्जु तालको निरीक्षण गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्नेछन्।

यस्तै दिउँसो साढे १२ बजे विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदेश १ का सदस्यहरुलाई सपथ गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले आजै अपराह्न बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको उनको सचिवालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *