Sajhamanch Archive

भद्रपुरमा ११० वर्षीया राजवंशीलाई सम्मान

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । यहाँस्थित ब्राइट फ्युचर अंग्रेजी माध्यमिक विद्यालयलले स्थापनाको १७औं वर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी पुरस्कार र सम्मानसहित विविध साँस्कृतिक कार्यक्रम गरी वार्षिक उत्सव सम्पन्न गरिएको हो ।

विद्यालयका संस्थापक प्रिन्सिपल रत्नबहादुर गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी, ११० वर्षीया ज्येष्ठ नागरिक दुलासरी राजवंशीलगायतलाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *