Sajhamanch Archive

उपचार नपाउँदा सुत्केरीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

कालीकोट । नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीकी २० वर्षीया मीना शाहीको सुत्केरीपछि थप उपचार हुन नसक्दा मृत्यु भएको छ।

शुक्रबार राति घरमै सुत्केरी भएकी शाहीको उपचारका लागि अस्पताल लाने क्रममा शनिबार मृत्यु भएको हो।

घरमै सुत्केरी भएकी शाहीको मृत शिशु जन्मिएको साल निस्कन नसक्दा बेहोस भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा भिष्म पोखरेलले बताए।

उनले भने, ‘जिल्ला अस्पतालमा सामान्य उपचार गरेर बिरामीको अवस्था गम्भीर भएकाले कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरियो।’ शाहीको १६ वर्षको उमेरमा पहिलो पटक सुत्केरी भएकी थिइन्। दोस्रो पटक गर्भवती भएपछि दुदुल्लीमा रहेको सामुदायिक स्वास्थ्य इकाइमा परीक्षणका लागि आएको अनमी बिमला बुढाले बताइन्।

‘सुत्केरी हुनुभन्दा पहिले शाही सामुदायिक स्वास्थ्य केन्द्रमा आएकी थिइन्,’ उनले भनिन्, ‘सुत्केरी हुन यहाँ आएकी थिइन्। शिशुको अवस्था ठिक थिएन। मैले जिल्ला अस्पताल लानु भनेर पठाएँ। तर उनी घरमै सुत्केरी भइछन्।’

                                                                                   थाहाबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *