Sajhamanch Archive

एक वर्षभित्र मालपोत र नापी कार्यालय विद्युतीय प्रणालीबाट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले एक वर्षभित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने घोषणा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवाग्राहीको कामलाई छिटोछरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्षभित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने जानकारी दिएकी हुन् ।

आइतबार कलंकीस्थित मालपोत कार्यालयमा सुरु गरिएको सुधारका प्रयासहरुको निरीक्षण गरेपछि उनले सो कार्यालयमा छिट्टै सबै काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गर्ने, त्यसपछि असार मसान्तभित्र उपत्यका सबै मालपोत तथा नापी कार्यालयहरु र एक वर्षभित्र देशभरका सबै मातपोत कार्यालयहरुको सेवा विद्युतीय प्रणालीबाट संचालन गर्ने योजना अघि सारे ।

मन्त्री अर्यालले सबै मालपोत कार्यालयबाटै बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे । सुशासन र सेवाग्राहीको कामलाई सहज बनाउन आफूले ती सेवाहरु विस्तारका लागि कलंकीथित मालपोत कार्यालयलाई नमुना कार्यालयको रुपमा विकास गर्न लागेको मन्त्री अर्यालको भनाइ छ ।

कलंकीस्थित मालपोत कार्यालयमा हुने कामलाई सहज बनाउन सहायक कक्ष स्थापना गर्ने, सेवाग्राहीको कामलाई सहज ढंगले अघि बढाउन आवश्यक सबै प्रविधिहरुको विकास गर्ने लगायतको कामलाई सुरु गरिएको छ ।

मन्त्री अर्यालले कलंकीपछि डिल्ली बजार र त्यसपछि चावहिलमा रहेको मालपोत कार्यालयको सेवामा तत्काल सुधार ल्याउन सुधारका पहलहरुलाई अघि बढाइएको पनि स्पष्ट पारिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *