Sajhamanch Archive

थ्रीडीआई शिक्षण प्रविधि भित्राउँदै बिर्तामोडको मिडल पोइन्ट

Published: in राष्ट्रिय समाचार, लोकप्रिय by .

बिर्तामोड । बिर्तामोडको मिडल पोइन्ट इलेमेन्ट्री स्कूलले थ्रीडीआई स्कूल न्यूजिलेण्डमा विकास गरिएको पाठ्यक्रम पठनपाठन गराउने विषयमा अभिभावक भेला गरी छलफल गरेको छ । विद्यालयका अधिकांश अभिभावकहरुको उपस्थितिमा सम्पन्न भेलामा अत्याधुनिक प्रविधिबाट पठनपाठन गराउने विषयमा छलफल भएको थियो ।

समय सापेक्ष अत्याधुनिक प्रविधियुक्त प्रयोगात्मक प्रविधिबाट पठनपाठन गराउने उद्देश्यले थ्रीडीआई स्कूल न्यूजिलेण्डमा विकास गरिएको कम्प्युटर सफ्टवेयरका बारेमा छलफल गरिएको विद्यालयका शैक्षिक प्रमुख केशव सापकोटाले जानकारी दिए । अत्याधुनिक कम्प्युटर ल्यावमा थ्रीडीआई सप्टवेयर मार्फत अडियो भिजुअलको माध्यमद्वारा विद्यार्थीहरुलाई पठनपाठन गराउने योजना अन्तर्गत अभिभावक भेलाको आयोजना गरिएको सापकोटाले बताए ।

भेलामा प्रशिक्षणका लागि आएकी थ्रीडीआई स्कूल नेपालकी प्रमुख (कन्ट्री डाइरेक्टर) श्रृजना प्रधानले शिक्षामा नयाँ प्रविधि भित्राउने उद्देश्यले नेपालमा योे सफ्टवेयर मार्फत पठनपाठन शुरु गरिएको जानकारी दिइन् । उनका अनुसार सो प्रविधि भारत, बंगलादेश, श्रीलंका, नेपाल र इण्डोनेशियामा प्रयोगमा ल्याइसकिएको छ । सो प्रविधिमार्फत पठनपाठन गर्दा बालबालिकाको सहज प्रस्तुतिकरण, समूहमा काम गर्ने बानीको विकास, नेतृत्व क्षमताको विकास, सिर्जनशिलता, पत्रकारिताको सीप, जीवन जीउने कला र एकाग्रताजस्ता क्षमतामा बृद्धि विकास हुने प्रधानको भनाई छ ।

सन् २०११ बाट न्यूजीलेण्डमा विकास गरिएको सो शिक्षण प्रविधि नेपालमा २ वर्षदेखि अध्यापन गर्न शुरु गरिएको छ । विद्यार्थीले आर्किटेक्चर, फोटोग्राफी, इन्जीनियरिङ, भिडियो एडिटिङ, एनिमेशन, भिएफएक्स जस्ता सप्ट्वेयरहरु चलाउन सजिलै सिक्ने उनले जानकारी दिइन ।

झापामा पहिलो पटक मिडल पोइन्ट स्कूलमा यो थ्रीडीआई स्कूल प्रविधि लञ्च गर्न लागिएको हो । यो प्रविधि अन्तर्गत विद्यार्थीलाई हप्तामा १ दिन र वर्षमा ४० वटा कक्षा सञ्चालन गरिन्छ । यो प्रविधि अध्यापनका लागि भारतबाट शिक्षक ल्याइने र यसको निरीक्षण थ्रीडीआई स्कूल काठमाडौले गर्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *