Sajhamanch Archive

२५ करोड बाँड्ने त्रिवि पदाधिकारीको तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं ।  विश्वविद्यालय अुनदान आयोग आफैले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसलाई मनोमानी ढंगले रकम बाँड्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यायलका पदाधिकारीहको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड बाँड्ने निर्यण गरेको बुझिएको छ । जसमा त्रिविअन्तर्गतका २४ वटा र सूदुरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालयका एक एक वटा क्याम्पस छन् ।

बिएससी र एमएससी कक्षा सञ्चालन गरिहेको आंगिक क्याम्पसको अवस्था अध्ययन प्रतिवेदन २०७५ ले न्युन विद्यार्थी संख्या भएका र भौतिक पूर्वाधारसमेत नपुगेका चार आंगिक क्याम्पसलाई ‘साइन्स ल्याब’को रकम नदिन सिफारिस गरे पनि दुई क्याम्पसलाई आयोगले रकम छुट्याएको पाइएको छ । नागरिक दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *