Sajhamanch Archive

डाँफे अब बुद्धशान्तिमा पनि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बुद्धशान्ति । डाँफे बचत तथा ऋण सहकारी संस्था दमकको तेस्रो सेवा केन्द्र झापाको बुद्धशान्तिमा सञ्चालनमा ल्याइएको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै बुद्धशान्तिमा डाँफेको सेवा केन्द्र उद्घाटन गरिएको हो ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सेवा केन्द्रको उद्घाटन गरिएको हो ।

कार्यक्रममा अध्यक्ष न्यौपानेले संस्थाको हालको वासलात ३६ करोड ५० लाख रहेको र शेयर सदस्य ३६ सयको हाराहारीमा रहेको जानकारी गराए । डाँफेको यसअघि नै गौरादह र धरमपुरमा सेवा केन्द्र खुलिसकेको न्यौपानेले बताए ।

कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले डाँफे उत्कृष्ट सहकारीको सूचिमा परेको संस्था भएको टिप्पणी गरे । उनले सहकारीका ७ सिद्धान्त अवलम्बन गर्ने सहकारीहरु कहिल्यै असफल नहुने धारणा राखे ।

कार्यक्रममा बुद्धशान्ति ६ का वडाध्यक्ष शम्भु पौड्याल, बुद्धशान्ति सहकारी शाखाका प्रमुख देवेन्द्र दाहाल, जिल्ला बचत संघ झापाका सहसचिव उपेन्द्र ओली, झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाई, हातेमालो सहकारी संस्थाका अध्यक्ष गोविन्द पौड्याल, संस्थाका पूर्व अध्यक्ष सीताराम पोखरेल, गरिमा विकास बैंक बुधबारेका अर्जुन ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका सचिव लीलानाथ खनालले सञ्चालन गरेको कार्यक्रममा शिवराज पौड्यालले स्वागत मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *