Sajhamanch Archive

‘अबको पर्यटनमन्त्री योगेश’ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

नेकपा नेता योगेश भट्टराई छिट्टै मन्त्री हुने भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले भट्टराईलाई मन्त्री बनाउने भएका हुन् । स्रोतका अनुसार ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले योगेशलाई मन्त्रीका लागि तयार हुन भनिसकेका छन् ।

आइतबार विराटनगरमा एउटा कार्यक्रममा भेट भएका ओलीले योगेशलाई मन्त्री बनाउने आश्वासन दिएका थिए ।

त्यसअघि पत्रकारसँग ओलीले मन्त्रिपरिषद पुनर्गठनको योजना नरहेको भन्दै रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने बताएका थिए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केलगत्तै योगेशले मन्त्रीको सपथ लिने छन् ।

यसअघि उनले मन्त्री खान अस्वीकार गरेको दाबी गरेको भन्दै समाचार आएको थियो । तर, यसपटक भने योगेश मन्त्रीका लागि तयार रहेको उनीका निकट स्रोतले बतायो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *