Sajhamanch Archive

दाहाल र राउतलाई उस्तै हो भन्न नमिल्ने : बाबुराम

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र सीके राउतलाई उस्तै हो भन्न नमिल्ने बताएका छन् ।

पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले दाहालको बचाउ गर्दै उनी एउटा जनयुद्धको नेतृत्व गरेर आएका ब्यक्ति रहेको बताए ।

दाहाल र हामी जे सुकै भए पनि अहिले अलग्गै ठाउँमा छौं, उनले भने, सम्झौता गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने बिन्दुसम्म हामीले पुर्‍याएको हौ‌ ,अनि दाहाल र राउत उस्तै हो भन्न मिल्छ ?

उनले भने, राउतले त आत्म समर्पण गरेका हुन्, दाहाल र बाबुराम त आत्मसमर्पण गरेर आएका होइनन, हामी त संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न अगाडि लागेका मान्छे हौं, यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने जस्तै हो।

उनले राउतलाई सरकारले वार्ता गरेर पृथकतावादी बाटो छाडेर शान्ति प्रक्रियामा ल्याएको भए स्वाग गर्न सकिने बताए।

हामी आफैं विद्रोह गरेर आएका ब्यक्तिहरु हौं, वार्तामा बसेको राम्रो अनुभव हामी आफैंसँग छ । उनले भने , सरकारले यति अपारदर्शी हिसाबले काम गरे कि सर्वोच्च अदालतलाई समेत प्रभावित पारेर अघिल्लो दिनमा छुटाउने, भोलिपल्ट हस्ताक्षर गर्ने, यो गर्न के जरुरी थियोरु के स्वार्थ हो ?

म त भन्छु घिउ बेचुवा र तरबार बेचुवा जस्तो प्रधानमन्त्रीलाई पनि परेको छ । मैले उसलाई ठगे, उनलाई पनि परेको छ यिनलाई मैले ठगे, तर कस्ले कस्लाई ठगे भन्ने छ।

उनले सरकारले राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीप्रति गरिएको व्यवहारमा तालमेल नभएको बताएका छन्। भट्टराइले सरकार र सीके राउतबीच भएको सम्झौता अनुचित भएको बताए।

उनले पृथकतावादी नीति लिएर हिडेको, सर्वोच्च अदालतको आदेशमा थुनामा रहेको ब्यक्तिलाई अदालतलाई दबाब दिएर बाहिर निकाल्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।

संविधान निर्माणका बेलाका असन्तुष्ट अन्य शक्तिलाई राजनीतिक ढंगले सम्बोधन गरिएको र रेशम चौधरीलगायत थारु नेतालाई अपराधिक ढंगले व्यवहार गरिएको भन्दै उनले असन्तुष्टि ब्यक्त गरेका छन्।

सत्तारुढ नेकपा र चन्द नेतृत्वको नेकपा आन्दोलनका दुइवटा भाग भएको भन्दै उनले सत्ताधारी नेकपा यथार्थवादी र चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन्।

चन्दलाई उनले जडसुत्रीय चिन्तन राखेर विध्वंसात्मक गतिविधिमा लागेको आरोप लगाएका छन्।

चन्दलाई प्रतिबन्ध लगाउनु लगत भएको भन्दै उनले विद्रोहका गतिविधिलाई दमन नगरी एक्ल्याएर समस्याको समाधान गरिनुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *