Sajhamanch Archive

बिर्तामोडमा पशु स्वास्थ्य शिविर सम्पन्न, १० हजार हाराहारी पशुपन्धीका धनी लाभान्वित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by .

झापा । बिर्तामोड नगरपालिका पशुपन्छी विकास शाखाको आयोजनामा फागुन २८ गतेदेखि चैत्र ३ गतेसम्म नगरका सबै वडाहरुमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ८ हजार ८७० वटा पशुका लागि औषधी वितरण गरिएको तथा ८४८ वटा पशुपन्छीहरुको उपचार गरिएको जनाइएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत क्लिनिकल उपचार सेवा शीर्षकबाट पाँच लाख ५० हजार रुपैयाँको लागतमा सञ्चालित शिविरबाट १ हजार ५८ घरपरिवारका कृषकले सेवा लिएको बिर्तामोड नगरपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक विष्णु भट्टराईले जानकारी दिए ।

नगरका विभिन्न स्थानमा विभिन्न स्थानमा सञ्चालिन शिविरमा वयस्क तथा उत्पादनशिल गाई र भैँसी एक हजार ७९० वटा, बाछाबाछी तथा पाडापाडी ८३१, बाख्रा २ हजार १०५, बंगुर १ हजार १५७, कुखुरा २ हजार ५८७ गरी जम्मा ८ हजार ८७० वटा पशुका लागि औषधी वितरण गरिएको जनाइएको छ ।

त्यसैगरी उपचार तर्फ बाँझोपन निवारण २३५, बोका खसी ५०, गर्भ परीक्षण ५०, अन्य ५१८ गरी जम्म ८४८ वटा पशुपन्छीहरुको उपचार गरिएको पशुपन्छी विकास शाखा प्रमुख सानुमायाँ श्रेष्ठले बताइन् ।

बिर्तामोड नगरपालिकाका हरेक वडामा सञ्चालन भएको पशु स्वास्थ्य शिविरमा केही वडाका जनप्रतिनिधिहरुले मात्र ब्यवस्थापनमा सहयोग गरेको बताइएको छ । वडा नं. ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङवाले शिविर सञ्चालनका लागि आगामी आर्थिक वर्षमा नगरबाट मात्र होइन, वडाबाट पनि बजेट विनियोजन गरेर वडाका विभिन्न स्थानमा सञ्चालन गर्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *