Sajhamanch Archive

झापामा होली विदा चैत ७ गते बिहीबार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिममा अर्थात होली पर्वको सार्वजनिक विदा चैत ६ गतेका लागि उल्लेख भए पनि चैत ७ गते सार्वजनिक बिदा दिइने भएको छ ।

झापालाई तराईबाट अलग्याएर पहाडसँगै सार्वजनिक बिदा दिन थालेपछि होली पर्वको विदा विवादमा थियो । झापा पहाडकी तराई ? झापामा होली आज कि भोलि ? जस्ता समाचारहरु सञ्चारमाध्यममा व्यापक हुन थालेको थियो । यस्तो परिस्थितिलाई सम्बोधन गर्दै तराईको जिल्लासरह झापामा चैत ७ गते बिहीबार सार्वजनिक विदा दिइएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बुधबार सरकारी कार्यालय खुल्ला रहने छन् भने बिहीवबार कार्यालय विदा हुने छन् । गृहले विदाको निर्णय सच्याएको विषयमा प्रजिअ दाहाल समक्ष प्रश्न राख्दा उनले भने, ‘भोलि खुल्ला हो, पर्सी बन्द हो, अहिले त्यति नै बुझ्नुहोस ।’

यता प्रशासन स्रोतका अनुसार झापाबासी बिहीबार होली मनाउने हुदाँ गृहकै आदेशमा बुधबारको विदा रद्द गरी बिहीवबार विदा दिन प्रशासन कार्यालय झापालाई आदेश दिएको हो ।

संघीय सरकारले गरेको सार्वजनिक विदा उल्टाउन नसक्दा आन्तिरक निर्णय बमोजिम झापाका केही स्थानीय तहले दुई दिन नै होलीको बिदा दिएको छ । बुधवार खुल्ला होइन सार्वजनिक बिदा भन्नेमा झापाका १५ वटै स्थानीय सरकार जानकार छन् । तर, अन्तिम समयमा आएर झापा प्रशासनले सार्वजनिक बिदाको मिति परिर्वतन गर्दा स्थानीय तहमा भ्रम जस्ताको त्यस्तै छ ।

कतिपय स्थानीय तहले बुधबार विदा दिएका छन् भने कतिपयले बुधबार र बिहीबार दुवै दिन बिदा दिएका छन् । स्थानीयको परम्परागत धार्मिक रितीरिवाज अनुसार पहाडमा मनाउने भोलिपल्ट झापामा होली मनाउने चलन बमोजिम भद्रपुर नगरपालिका, गौरदाह नगरपालिका, कचनकवल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकाले बिहीबार स्थानीय विदा दिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *