Sajhamanch Archive

ज्यान बचाइदिन राजवंशीको अपिल

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । अरुको घरमा ज्याला मजदुरी गरी जीवन निर्वाह गरिरहेकी बिर्तामोड ४ रामाउत टोलली ४० वर्षीया बतासी राजवंशीको दु्वै मिर्गौला ड्यामेज भएको चिकित्सकले बताएपछि आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन आग्रह गरेकी छन् ।

स्थानीय मनीराम राजवंशीको जग्गामा माटोले बारेर बनाएको घरमा बसोबास गरिरहेकी बतासीका दुवै मृगौलाले काम गर्न छाडे पछि आफ्नो जीवन बचाइदिन उनले सहयोगी मनहरु गुहारेकी हुन् । उनको उपचारमा सहयोग गर्नका लागि स्थानीय समाजसेवी सम्भा राजवंशीको अध्यक्षतामा १३ सदस्यीय बतासी राजवंशी बचाउ समिति गठन गरिएको सहयोग संकलन अभियानमा सक्रियतापूर्वक खटिरहेका छिमेकी केशव अधिकारीले बताएका छन् ।

समितिका सदस्यहरुले स्थानीय बासिन्दा र विर्ताबजार एरियामा चन्दा संकलन गरिरहेको छ । समितिको पहलमा बिरामीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान, धरानमा लगिएको कोषाध्यक्ष रेखा पन्त तिम्सिनाले बताइन । उपचार सहयोग समितिको पहलमा यो समाचार तयार पार्दासम्म करिब ४५ हजार रुपैयाँ संकलन भएको समितिका उपाध्यक्ष सुनील राजवंशीले जानकारी दिएका छन् ।

समितिले बिरामीको उपचारमा सहयोग पुगोस् भनी विर्तामोड नगरपालिकासँग समन्वय गरिरहेको र नगरपालिकाले एक लाखको उपचार सहुलियतको लागि सम्बन्धित अस्पतालमा पत्राचार गर्ने साथै आर्थिक सहयोग पनि गर्ने नगरपालिकाका नायव सुब्बा मेघराज बाँस्तोलाले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *