Sajhamanch Archive

शहीद धर्मभक्त माविको स्वर्ण महोत्सवबाट ११ लाख रुपैयाँ बचाइयो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित शहीद धर्मभक्त माद्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सवमा भएकोे आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ ।

स्वर्ण महोत्सवको उपलक्ष्यमा विद्यालयले २५ लाख ९ हजार ३०८ रुपैयाँ आम्दानी गरेको छ । यसरी नै १४ लाख १८ हजार ९८८ रुपैयाँ खर्च गरी १० लाख ९० हजार ३२० रुपैयाँ बचत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र गुरुङ्गले जानकारी दिएका छन् ।

शहीद धर्मभक्त माविमा आउँदो शैक्षिक सत्रदेखि प्रविधिक शिक्षातर्फ सिभिल इन्जीनियर विषयको कक्षा सञ्चालन गर्ने उद्देश्यले स्वर्ण वर्षको अवसरमा महोत्सव आयोजना गरिएको अध्यक्ष गुरुङ्गले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *