Sajhamanch Archive

सवारी दूर्घटनामा खुदुनाबारीका प्रधानाध्यापकको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा। आज बिहान मोरङको कानेपोखरीमा भएको सवारी दूर्घटनामा परेर अर्जुनधारा नगरपालिका १ खुदुनाबारीस्थित गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक रामकुमार आछामीसहित दुई जनाको ज्यान गएको छ । सात जना घाइते भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनर र काठमाडौंबाट झापा आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुवाहक टाटासुमो बिहान साढे ३ बजे जुधेका हुन् । सो घटनामा अर्जुनधारा नगरपालिका– १ खुदुनाबारीका ४७ वर्षीय रामकुमार अछामी र गौरादह नगरपालिका– ४ का ४५ वर्षीय प्रकाश मगरको ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिएका छन् ।

सुमोमा सवार अछामीको घटनास्थल मै र मगरको उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बीच बाटोमै ज्यान गएको प्रहरीको भनाई छ । सो दूर्घटनामा गौरादह– ४ की ५५ वर्षीया दुर्गा मगर, ३८ वर्षीया बबिता मगर, १४ वर्षीया प्रविका मगर, ३५ वर्षीय योगेश न्यौपाने र काभ्रेको भुमुटार नगरपालिका– ८ का २७ वर्षीय रमेश तामाङ, सुमो चालक झापा दमक– २ का ३७ वर्षीय कूलबहादुर रेग्मी घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेमध्ये दुर्गा र प्रविकाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनलाई उधृत गर्दै प्रहरीले जनाएको छ। घाइते सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *