Sajhamanch Archive

फेब्रिकको माला बनाउँदै बिर्तामोडका महिला (भिडियो रिपोर्ट)

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाका २० जना महिलाले फेब्रिकको माला तथा ब्याच बनाउने सात दिने तालिम प्राप्त गरेका छन् । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा कान्तिपुर सुदुरपश्चिम टेक्निकल कलेजले तालिमको संयोजन गरेको थियो । गत फागुन २५ गतेदेखि ३० गतेसम्म महेन्द्र रत्न माविको स्रोतकेन्द्र भवनमा सञ्चालित हस्तकला तालिमको सहजीकरण हेटौंडाकी कमला सुवेदीले गरेकी हुन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागका प्राज्ञ सदस्यसमेत रहेकी सुवेदीले साताब्यापी प्रयोगात्मक तालिमबाट सहभागीहरु फेब्रिकको माला बनाउन सिपालु भएका बताएकी छन् । कान्तिपुर सुदुरपश्चिम टेक्निकल कलेजले सिटीइभिटीले सञ्चालन गर्ने सीपमुलक शैक्षिक कार्यक्रम तथा छोटो अवधिका तालिम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक कमल उप्रेतीको भनाई छ ।

समुदायमा रोजगारीको अवसर सिर्जना गर्न मद्धत पुग्ने अपेक्षाले नगरपालिका सँगको सहकार्यमा फेब्रिकको माला बनाउने तालिम सञ्चालन गरिएको संयोजक उप्रेतीले बताए ।  उनले फेब्रिकको माला बनाउँदा आवश्यकता अनुसारको रंगहरुको संयोजन गर्न पनि सकिने भएकाले जुनसुकै कार्यक्रमका लागि उपयोगी हुने माला तयार गर्न सकिने तालिम संयोजक उप्रेतीको भनाई छ ।

साताव्यापी तालिममा सहभागी बिर्तामोड वडा नम्बर १ की आशा अधिकारीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई नगरपालिकाका सबै वडाका महिलाले ब्यावसायिकता दिने लक्ष्य लिएको बताइन् । बिराटनगरबाट कच्चा पदार्थ मगाएर फेब्रिकको माला बनाउने तालिम दिइएको सुनाउँदै प्रशिक्षक कमला सुवेदीले वातावरणीय प्रदुषण पनि नहुने र थोरै लागतमा राम्रो माला उत्पादन हुने भएकाले अब यसको व्यवसायिक उत्पादन सम्भव हुने सल्लाह दिइन् ।

बिर्तामोड वडा नं. ५ बाट सहभागिता जनाएकी अर्की प्रशिक्षार्थी अस्मिता खनाल त यो तालिम आफूहरुका लागि अत्यन्त महत्वपूर्ण भएको बताउँछिन् । उनले अन्य प्रशिक्षार्थीहरुसँग मिलेर तत्कालै माला बनाउने उद्योग सञ्चालनको तयारी गरिरहेको सुनाइन् । कान्तिपुर सुदुरपश्चिम टेक्निकल कलेजका प्रतिनिधि तथा तालिम संयोजक कमल उप्रेती फेब्रिकको माला बनाउने तालिम– तालिमका नाममा तालिममात्र नभएर उद्यमशीलतातर्फको यात्रा भएको बताउँछन् ।

तालिम सफल र फलदायी भएको कुरा सहभागीसमेतको भनाईले पुष्टि गरेको छ । स्थानीय सरकारहरुले लक्षित वर्गका लागि सञ्चालन गर्ने यस्ता छोटो अवधिका तालिमहरुबाट प्रशिक्षितहरुलाई व्यावसायिक बनाउन तिनले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा पनि ध्यान दिनु आवश्यक हुनेछ ।

भिडियो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *