Sajhamanch Archive

दुवईका नेपाली व्यवसायी एकीकृत हुँदै

Published: in अर्थतन्त्र, परदेश (प्रवास), राष्ट्रिय समाचार by .

दुवई । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापुर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् ।

दुबईमा नेपालीले सञ्चालन गरेका तीनवटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका छन् । बरदुवईमा सञ्चालित शुभयात्रा ट्राभल एन्ड टुरिजम, काठमाडौं ट्राभल एन्ड टुरिजम र अल जजिरा अल तविला टुरिजम एलएलसी आपसमा गाभिएर शुभयात्रा ट्राभल एन्ड टुरिजमको ब्यानरमा कारोबार शुरु गरेका सन्चालकमध्येका एक तोयम चौलागाईं (तोया) ले बताएका छन् ।

शुभयात्राका सन्चालकहरु तोया चौंलागाईं, कृष्ण भट्टराई र डिल्ली मैनाली, काठमाडौं ट्राभलका सञ्चालक सूर्य गिरी र अल जजिरा अल तविलाका सञ्चालक भगवान रुपानी युएईको नेपाली ट्राभल व्यावसायको क्षेत्रमा स्थापित नाम हुन् । यी स्थापित तीन व्यावसायिक समूह मिलेर एक भएर व्यवसाय सञ्चालन गर्न सहमत भएका हुन् ।

करिब ३ महिनाको बृहत छलफलपछि फुटेरभन्दा जुटेर व्यवसाय गर्दा व्यावसायिक भविष्यमा सुनिश्चित हुने र ग्रुप अफ कम्पनी सञ्चालन गर्न सकिने भन्दै तीन कम्पनी मर्ज गरिएको व्यवसायी तोया चौलागाईंले जानकारी दिए ।

‘एउटै ठाउँमा एउटै प्रकृतिका व्यवसाय गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले मिलेर काम गर्न एक भएका हौं’ व्यवसायी सूर्य गिरीले जानकारी दिएका छन् ।

तीनवटा ट्राभल मर्ज भएपछि बरदुबइमा शुभयात्राको नामबाट कार्यालय राखी कारोबार सुचारु गरिएको छ । सोही समूहले अबुधाबी र दुबईको डिआईपी लगायतका क्षेत्रमा शाखा स्थापना गरी नेपालीहरुलाई हवाई टिकट, होटल बुकिङ, ट्राभल प्याकेज, भिजिट भिसा सस्तो दरमा उपलब्ध गराउने बताइएको छ ।

युएईको व्यावसायिक इतिहासमा यो एकतालाई निकै महत्त्वका साथमा हेरिएको छ । एकै प्रकृतिका व्यावसायिक समूहको मिलनलाई धेरैले अर्थपूर्ण रुपमा लिँदै सफलताको शुभकामना दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *