Sajhamanch Archive

अलैंची व्यवसायी महासंघमा अध्यक्ष बाहेक पदाधिकारी सर्वसम्मत

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको धनकुटामा जारी महाधिवेशनमा अध्यक्ष बाहेकका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको थाहा भएको छ ।

अध्यक्ष पदमा वर्तमान महासचिव ओमकृष्ण बिमली र अर्का व्यवसायी राजकुमार कार्कीले आवेदन गरेका छन् । विगत लामो समयदेखि अध्यक्षको दावी गर्दै आएका दिनेश मित्तलले मनोनयन दर्ता गरेनन् । निर्वाचन समिति अध्यक्ष पदमा पनि सर्वसम्मत गराउने पक्षमा रहेको समाचार स्रोत बताउँछ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा संखुवासभाका सुमन श्रेष्ठ, कृषि उपाध्यक्षमा पाँचथरका नरेन्द्र अधिकारी र वाणिज्य उपाध्यक्षमा बिर्तामोडका इन्द्र विन्दल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै महासचिव पदमा बिर्तामोडका सुवास भट्टराई, सचिवमा इलामका मात्रिका घिमिरे र कोषाध्यक्षमा बिर्तामोडका निमेष मित्तल निर्विरोध भएका छन् ।

निर्वाचन समितिका अनुसार खुल्ला सदस्य ६ जनाका लागि ९ जनाको उम्मेदवारी परेको छ । प्रदेश संयोजक रहने केन्द्रीय सदस्य पदमा प्रदेश १ बाट २ जनाको उम्मेदवारी दर्ता भएको छ । बालमणि बराल ताप्लेजुङ र इन्द्रबहादुर तामाङ धनकुटाका बीच चुनावी प्रतिष्पर्धा हुन लागेको हो ।

यता प्रदेश नं. ३ बाट रामचन्द्र थापा र गण्डकी प्रदेशबाट अजय तामाङ निर्विरोध निर्वाचित भएको बताइएको छ ।

यो समाचार तयार गर्दैगर्दा बिहानको ११ः४५ बजे अध्यक्ष १ का लागि २ जना, सदस्य ६ का लागि ९ जना र प्रदेश संयोजक १ का लागि २ जनाबीच चुनावी प्रतिष्पर्धा निश्चित भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *