Sajhamanch Archive

नेपाली झण्डा सिङ्गापुरमा फर्फराए : अभिषेक दवाडी

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, विविधा by .

झापा । मेचीनगर ६ काँकरभिट्टका अभिषेक दवाडीले सिङ्गापुरमा आयोजना भएको प्रथम सिङ्गापुर साईलेन्ट नाइट कँराते च्याप्मियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

मार्च २२ देखी मार्च २४ सम्म सिङ्गापुरमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर गएका दवाडीले ५५ देखी ६० केजी तौल समुहमा सहभागी जनाएका थिए ।

प्रतियोगितामा नेपाल संगै भारत, बङ्गलादेश, सिङ्गापुर, थाईलेण्ड, उजेकिस्तान र भेतनामले सहभागिता जनाएको थियो ।

नेपालबाट खेलाडी अभिषेक दवाडी संगै रेफ्रिमा राजेन्द्र ओझा र योगेन्द्र कोईराला सहभागी भएका थिए ।

आफ्नै ब्यक्तिगत खर्च गरेर सिङ्गापुर पुगेका दवाडीले नेपाली झण्डा फर्फराउन पाउदा निकै गौरव महशुस भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *