Sajhamanch Archive

राजपाद्वारा संसद बैठक अवरुद्ध

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालद्वारा आइतबारको संसद बैठक पनि अवरुद्ध गरिएको छ । पटक पटक आश्वासन दिए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपाले बैठक अवरुद्ध गरेको हो ।

मधेस आन्दोलन लगायतका आन्दोलनमा भएको घटनाको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध पारेको राजपा नेता लक्ष्मणलाल कर्णले बताए ।

राजपा सांसदहरु सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका छन् । प्रतिवेदन सार्वजनिकको माग गर्दै राजपाले पटक पटक संसद अवरुद्ध गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *