Sajhamanch Archive

विप्लव समूहलाई सहयोग नगर्न सरकारको चेतावनी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्नेलाई पनि कारबाही गर्ने भएको छ।

गृह मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै विप्लव समूहबाट सञ्‍चालित अपराधिक तथा विध्‍वंशात्मक क्रियाकलामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न र सहयोग गर्ने व्यक्ति, संस्थालाई पनि प्रचलित कानून बमोजिम कारबाही गर्ने जनाएको छ।

सरकारले फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

संविधान विपरित नागरिकको जिउधनमा क्षती, विकास निर्माण तथा आन्तरिक वा बाहय लगानी समेतलाई हतोत्साही गर्ने गरी बम विस्फोट गर्ने, निर्दोष जनतालको हत्या गर्ने, आगजनी गर्ने तथा जबरजस्ती चन्दा असुली गर्नेलगायतका कार्य गर्ने आतंकारी समूहलाई सहयोग नगर्न मन्त्रालयले अपिल समेत गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *