Sajhamanch Archive

अलैंची व्यवसायी महासंघको अध्यक्षमा कार्की निर्वाचित

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति by .

धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको अध्यक्षमा राजकुमार कार्की निर्वाचित भएका छन् ।

आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैटौं साधारणसभा तथा तेस्रो महाधिवेशन अन्तरगतको निर्वाचन प्रक्रियामा अर्का प्रतिष्पर्धी ओमकृष्ण बिमलीलाई हराउँदै कार्की विजयी भएका हुन् । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बिमलीले ४१ मत प्राप्त गर्दा कार्कीले १११ मत ल्याएका थिए ।

अध्यक्षका लागि चुनाव गर्नुपरे पनि सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । तर केन्द्रीय सदस्यहरु ६ जना र १ नं. प्रदेश संयोजक १ जनाका लागि मतदान गर्नुपरेको थियो । मत परिणाम आउने क्रममा रहेको निर्वाचन समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *