Sajhamanch Archive

वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेको उजुरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

रूकुम। पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकुमार शर्मा बिदा नै नलिई एक वर्षदेखि घर बस्दै आएका छन् । उनी गत वैशाखमा केही दिनको बिदामा भन्दै अर्कै शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएर हिँडेका थिए ।

शर्माले विद्यालय व्यवस्थापन समिति, गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइबाट बिदाका लागि स्वीकृतिसमेत लिएका छैनन् । एक वर्षदेखि विद्यालयमा उपस्थित नभएका शर्माले घरबाटै आर्थिक कारोबार चलाइरहेका छन् । विद्यालयको प्रधानाध्यापक शर्मा लामो समयदेखि सम्पर्क्विहीन भएपछि दैनिक प्रशासनका साथै पठनपाठन नै प्रभावित बनेको छ ।

सम्पर्कमा आउनै चाहँदैनन् शर्मा

विद्यालय व्यवस्थापन समितिले शर्माले किर्ते गरेर विद्यालयको खाताको रकम हिनामिना गरेको आरोप लगाएको छ । विद्यालयको खातामा आठ लाख रुपैयाँ रहेको, तर अहिले खातामा शून्य रहेको विद्यालय व्यवस्थापन समितिले दाबी गरेको छ । शर्माले किर्ते गरेर एक शिक्षिका कर्मजोग पुनको दुई लाख २१ हजार र विद्यालय सहयोगी नञ्जबहादुर कामीको ६० हजार रुपैयाँ निकालेको आरोप उनीहरूले लगाएका छन् । नयाँ पत्रिका बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *