Sajhamanch Archive

विप्लवलाई मूलधारमा आउन प्रधानमन्त्रीको दुई हप्ते अल्टिमेटम

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम दिएका छन् ।

चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमालिइसक्ने ओलीले प्रष्ट पारेका छन् ।                             

सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताए ।

प्रधानमन्त्री ओलीले मूलधारमा आउने मौका नछाड्न आग्रह गर्दै विप्लवलाई भनेका छन्, नत्र चैतभित्रमा नियन्त्रणमा लिइनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *