Sajhamanch Archive

फ्रान्स र चीनबीच ४० खर्बको व्यापार सम्झौता, चीनले ३०० एयरबस जहाज किन्ने

Published: in राष्ट्रिय समाचार, by .

चीन र फ्रान्सले  ४० खर्ब रूपैयाँ बराबरको व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्।

चिनियाँ राष्ट्रपति सी चीन फिङको फ्रान्स भ्रमणका क्रममा सोमबार दुई देशबीच १५ वटा व्यापार सम्झौता भएका हुन्।

फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंको कार्यालयले ३७ खर्ब ३६ अर्ब रूपैयाँमा चीनले फ्रान्सेली कम्पनी एयरबसका ३०० वटा जहाज किन्ने सम्झौता भएको उल्लेख गरेको छ।

तीमध्ये ए३२० सिरिजका न्यारोबडी जहाज २९० वटा र ए ३५० वाइड बडी जहाज १० वटा चीनले किन्ने भएको हो।

इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनापछि बोइङका सो मोडलका सबै जहाज  ग्राउन्डेड गरेको चीनले फ्रान्सेली कम्पनीसँग नयाँ सम्झौता गरेको हो।

फ्रान्स र चीनले विकासशील देशहरूमा उर्जाको किफायती खपतका क्षेत्रमा सहकार्य र १० वटा कन्टेनर निर्माणलगायत २ खर्ब ७४ अर्बका अन्य परियोजनामा पनि सम्झौता गरेका छन्। दुई देशले फ्रान्सेली कुखुराको मासुलाई चीनमा लाग्दै आएको कर पनि हटाउने सहमति गरेका छन्।

चिनियाँ राष्ट्रपति सी इटाली भ्रमण सकेर पेरिस आएका हुन्। सीको इटाली भ्रमणका क्रममा गत शनिबार औद्योगीक राष्ट्रहरूको समूह जी-७ को सदस्य इटालीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा हस्ताक्षर गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *