नेपाल महिला चेम्बर झापा शाखा गठन
Published: (Updated: )
by .बिर्तामोड । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा आज गठन भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा आयोजित अन्तरक्रियासहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको हो ।
नेपाल महिला चेम्बर झापाको वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, उद्योग उपाध्यक्षमा रेखिका शर्मा, महासचिवमा शर्मिला शाक्य, उद्योग सचिवमा बिनु कट्टेल, वाणिज्य सचिवमा देवी पोखरेल र कोषाध्यक्षमा जमुना भुषाल चयन भएका छन् ।
त्यसैगरी समितिका सदस्यहरुमा शुभकुमाईं पाठक, अनिता मैनाली, भावना घिमिरे, लुना सुवेदी, प्रमिला खरेल (प्रसार्इं), बिना बिमली, पार्वता खतिवडा, सुनिता शर्मा, हिमा भण्डारी, पारु श्रेष्ठ, गंगा मेचे, कविता पौडेल, जानुका ओली, यशोदा प्रसाईं र गीता पौडेल चयन भएका छन् ।
सो अवसरमा मन्तब्य राख्दै केन्द्रीय अध्यक्ष श्रेष्ठले महिलाहरुलाई जिम्मेवारी कम दिने गरिएकाले आर्थिकरुपमा सफल हुन समस्या आएको दावी गरिन् । उनले भनिन्, ‘अब महिलाहरु व्यवसायमा लाग्नुपर्छ र पुरुषहरुभन्दा कुनै पनि हिसाबमा कमजोर नभई सबल र सक्षम हुन आवश्यक छ ।’
अध्यक्ष श्रेष्ठले महिलालाई क्रियाशील र आर्थिकरुपमा सबल बनाउन चेम्बर अफ कमर्स अन्तरगत महिला विभाग देशभर गठन गर्न लागिएको बताइन् ।
चेम्बर अफ कमर्सका प्रदेश १ का अध्यक्ष राजेन्द्र घिमिरेले आफैं उद्यमी व्यवसायी बनेर वा श्रीमानको व्यापार व्यवससायमा साथ दिएर पनि महिला अब क्रियाशील बन्नुपर्ने बताए । झापा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष सन्तोष अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला चेम्बरमा कसैलाई भेदभाव नगरी क्षमता र दक्षताका आधारमा संगठित गरिने बताए ।
सो कार्यक्रममा नेकपा बिर्तामोड नगरका अध्यक्ष ज्ञानुराम प्रसाई, बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्र लिङ्देन, रोटरी क्लव अफ बिर्तामोड मिड टाउनका अध्यक्ष शुभ कुमाई पाठक लगायतले मन्तव्य राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय सचिव लिमा अधिकारीले सहभागीले सोधेका प्रश्नहरुको जवाफ दिएकी थिइन् । नेपााल अलैंची व्यवसायी महासंघका महासचिव तथा झापा चेम्बर अफ कमर्सका सचिव सुवास भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रेमा भट्टराईले गरेकी थिइन् ।
Comments