अमेरिकी म्यागजिनको दावी- प्रियंका र निक डिभोर्सको तयारीमा…
Published: (Updated: )
by .बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको सम्वन्ध संकटमा परेको समाचार एक अमेरिकी म्यागजिनले प्रकाशित गरेको छ । तीन महिना अगाडि मात्र बिहे गरेका उनीहरु डिभोर्सको लागि अघि बढिसकेको दावीसमेत समाचारमा गरिएको छ ।
ओके नामक म्यागजिनले लेखेको छ, ‘उनीहरुबीच छोटो समयमै एक–अर्काप्रति वितृष्णा उत्पन्न भएको छ र दुवै डिभोर्स गर्ने विषयमा सहमतिमा पुगिसकेका छन् ।
प्रियंकाभन्दा जोनस १० वर्ष कान्छा हुन् । तर, प्रियंकाको व्यवहार भने केटाकेटीको जस्तो भएको समाचारमा उल्लेख छ ।
‘उनीहरु हरेक विषयमा झगडा गरिरहेका हुन्छन्, काम, पार्टी वा सँगै समय बिताउने कुरामा । उनीहरुले हतारमा बिहेको निर्णय लिएका थिए र अहिले फुर्सदमा पछुताइरहेका छन् । उनीहरुको वैवाहिक सम्वन्ध एउटा परालको त्यान्द्रोमा अडिएको छ ।’ स्रोतलाई उद्वृत गर्दै समाचारमा जनाइएको छ ।
स्रोतका अनुसार निकले बिहे अगाडि प्रियंकालाई कुल र सरल केटीको रुपमा चिनेका थिए । तर बिहेलगत्तै उनको धारणा बदलिएको छ ।
‘अहिले प्रियंकाले निकलाई आफ्नो नियन्त्रणभित्र राख्न खोजिरहेकी छन् । साथै उनको आवेशमा आउने स्वभाव पनि झल्किएको छ, जसको भेउ निकले पहिले पाएका थिएनन् ।’
निकको परिवारले छिटोभन्दा छिटो प्रियंकासित सम्वन्ध तोड्न दवाव दिइरहेको पनि स्रोत बताउँछ ।
‘परिपक्व ठानेर बुहारी बनाइएकी केटी उत्ताउली निस्किएपछि बाबुआमा असन्तुष्ट छन् । उनले २१ वर्षको पार्टी गर्लजस्तो व्यवहार देखाइरहेकी छन् ।’ समाचारमा उल्लेख छ ।
उनीहरु अलग हुने क्रममा प्रमुख लफडा सम्पत्तिको विभाजनलाई लिएर उत्पन्न हुनेछ । प्रियंका र निकले क्रिस्चियन तथा हिन्दू दुवै रितिबाट बिहे गरेका थिए ।
Comments