Sajhamanch Archive

मेचीनगरमा एकसय बढी योजना सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, by .

मेचीनगर । दोस्रो नगरसभाबाट स्वीकृत बजेट निती तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ को हाल सम्म मेचीनगर नगरपालिका कार्यालयबाट विभिन्न प्रकारका ३१ वटा योजना सम्पन्न भईसकेको छ ।

योजना कार्यान्वयनका क्रममा कुल योजना संख्या वडा स्तरीय २ सय ५ र नगर स्तरीय १ सय ७० गरेर जम्मा ३ सय ७५ वटा योजनाहरु मध्ये हालसम्म ३१ वटा योजना सम्पन्न भईसकेको नगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक कृष्ण कनालले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा सरी आएका ९९ वटा योजना सवै सम्पन्न भएको छ । यसरी हेर्दा चालु आर्थिक वर्ष २०७५÷७६ को यो अवधिसम्म आईपुग्दा पुराना र नयाँ गरी कुल १ सय ३० वटा योजनाको काम सम्पन्न भएको छ ।

पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर कमल कोइरालाका अनुसार १ सय ४८ योजनाको लागत अनुमान तयार भै सम्झौता समेत भएर काम हुदैं गरेको अवस्था छ भने १ सय एउटा योजनाहरुको सर्भेको काम सम्पन्न भै लागत अनुमान तयारीको अवस्थामा रहेको छ । संघीय सरकारबाट बाट प्राप्त २१ वटा योजनाहरु मध्ये नगरस्तरीय १३ वटा र वडा स्तरीय ८ वटाको सम्झौता चरणमा रहेको प्रदेश सरकारबाट प्राप्त योजना ३५ वटाको लागत अनुमान तयार गर्ने कार्य प्रारम्भिक चरणमा रहेको छ ।

दोस्रो नगरसभा पश्चात नदीजन्य पदार्थ उत्खनन गर्ने कार्यको ठेक्का लगाइएको र नगर रेट तय हँुदा ठेक्का लगाउनु भन्दा अगाडीको खोलाकरको आधारमा नगर दररेट तयार भएको र आइइइ प्रतिवेदनमा उल्लेख छ । उल्लेखित भएको दरका कारणले खोलाकरबाट स्थानीय उपभोक्ता समितिलाई परेको समस्याका बारेमा कार्यापालिका जानकार रहेको र चालु आर्थिक वर्ष २०७५÷७६ को ६६ प्रतिशत समय पुरा भएकोले योजनाहरु सञ्चालन प्रक्रियामा गईसकेको हुँदा यसै आर्थिक वर्षमा दर परिवर्तन गर्न नसकिने अवस्था रहेको हुँदा आउने आर्थिक वर्षमा यस प्रकृतिका समस्या आउन नदिने संयोजक कनालको भनाई छ ।

यसै आर्थिक वर्षमा आयोजनाहरुको कार्यान्वयनका लागि आवश्यक पर्ने सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीको लागि विनियोजन भएका आयोजनाहरुमध्ये नदीजन्य खनिज पदार्थको आइइ प्रतिवेदन तयार गरी ठेक्का प्रकृयाबाट कार्य भईरहेको, कृषिमण्डीको आयोजना प्रतिवेदन, व्यापारिक प्रदर्शनी केन्द्रको डिपीआरको अन्तिम प्रतिवेदन कार्यालयमा पेश भईसकेको समितिले जनाएको छ । नगर पाश्वचित्र तयारीको लागि नियुक्त परामर्श दातृ संस्थाका गणकहरु नगरवासीका घरघरमा सर्भे गर्ने कार्यमा खटिसकेको समेत शाखाले जनाएको छ ।

विस्तारीत रिङरोडको सम्भाव्यता अध्ययन तथा डिपीआर , बाहुनडाँगी एकीकृत पर्यटन विकास योजना सम्भाव्यता अध्ययन र डिपीआर तयारी, फुटवल रंगशाला संभाव्यता तथा डिपीआर, बहुआयमिक साँस्कृतिक संग्राहलय सम्भाव्यता अध्ययन र डिपीआर, सिमसार क्षेत्र संरक्षण तथा सामुदायिक वनपार्क निचाझोडा समेत डिपीआर गर्ने कार्यका लागि परामर्श दातृ संस्थाहरुको नियुक्ती भएर अध्ययनको कार्य भईरहेको छ ।

विस्तारीत रिङ रोडको सम्भाव्यता अध्ययन तथा डिपीआर तयार गरेर १३ दशमलव २५ किमि कार्यको लागि वेशीबजार बाट वडा नम्बर ३ को वडा कार्यालय रहेको पुरानो स्थान डाडा गाउँ, पशुपति गाउँ बालुवाटारहुदैँ शहिद मार्ग भएर साविक नगरपालिका रिङ रोड हुदै झण्डीचोक बाट भानु प्राथमिक विद्यालय आउने बाटो बाट पश्चिम बासबारी कालिका सामुदायिक वन हुदै मेची राजमार्ग सम्मको सडकको बिस्तृत परियोजना प्रतिवेदन १३ दशमलव २५ किमि भन्दा बढी भए थप लम्बाइका लागि तथा हाल प्रस्तावित रिङ रोडमा कार्य शुरु भएको छ ।

साइन्स सीटी डिपीआरको लागि थप रकमको व्यवस्था गरेर डिपीआर तयारी गर्न लागिएको छ भने, दोश्रो नगर सभामा नगर यातायात गुरुयोजना, नगर भूः उपयोग गुरुयोजना तयार गर्ने विषयमा वजेटको ब्यवस्था गर्न छुट भएको हँुदा हालै सम्पन्न नगरसभाबाट रकमको व्यवस्था गरी प्रस्ताव आव्हान गरिएको संयोजक कनालले बताए ।

मेचीनगर १४ मा कृषि अनुसन्धान केन्द्र स्थापना सम्भाव्यता अध्ययन , मेचीनगर ४ मा बाहुनडाँगीमा पशु अनुसन्धान केन्द्रको डिपीआर तयार भएको छ । यसैगरी सपिङ कम्प्लेक्स डिपीआर, जनता आवास योजना सम्भाव्यता अध्ययन तथा भवन निर्माण साझेदारी कार्यक्रम, सीप विकाश तथा व्यवसाय प्रवद्र्धन केन्द्रको सभाव्यता अध्ययन , वटर वल्र्ड सम्भाव्यता अध्ययन र डिपीआर , औद्योगिक पार्क सम्भाव्यता अध्ययनको लागि आवश्यक पर्ने जग्गा व्यवस्थापन नभएको कारणले अध्ययन गराउन नसकिएको र जग्गाको उचित टुङ्गो लाग्ने वित्तिकै अध्ययनको लागि प्रक्रियासुरु गरिने छ ।

स्यानीटरी ल्याण्डफिल साइट सम्भाव्यता अध्ययन र डिपीआर गर्ने कार्यको लागि नियुक्त परामर्शा दातृ संस्था सर्भे कार्यको लागि सक्रिय भएपनि जग्गा विवादका कारण कार्य हुन नसकेको र कार्यालयबाट यस बिषयमा समस्या समाधानको लागि प्रयास भईरहेको बताईएकोछ । संयोजक कनालले दिएको जानकारी अनुसार मेचीनगर नगरपालिका क्षेत्रमा सधन शहरी विकाश कार्यक्रम सञ्चालनमा आएको र भरखरै मात्र विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि सर्भेको काम शुरु भएको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ मा वन समितिसग मिलेर ५०÷५० प्रतिशतको लागत सहभागितामा आयोजना सञ्चालन गर्ने गरि कार्यक्रम स्वीकृत भएपनि हाल सम्म कतिपय वन समितिबाट लागत सहभागिता जुटाउन नसक्दा कार्यक्रम पेश हुन नसकेकोले वन समितिको आर्थिक अवस्था हेरेर लागत सहभागिताको प्रतिशत तोक्ने व्यवस्था मिलाउन समितिले कार्यालयलाई सिफारीस गरेको छ । विगत वर्षमा योजना सञ्चालन भए पनि रकम अभावले हाल सम्म पनि सम्पन्न हुन नसकेका आयोजनाहरुलाइ प्राथमिकतामा राखेर सम्पन्न गर्नुपर्नेमा समितिको जोड छ ।

यसै, आर्थिक वर्षको लागि केन्द्र, प्रदेश तथा स्थानीय सरकारबाट आयोजना ठेक्का प्रक्रियाबाट गराउँदा बिनियोजित रकम भन्दा धेरै कममा कवोल गरि आउँदा बचेको रकमको पुन ठेक्का प्रक्रियाबाट गराउँदा समयको अभाव हुने हुँदा यस प्रकृतिका बचेको बजेट बाट आयोजना सञ्चालन गर्न उपभोक्ता समिति मार्फत गराई समयमै निर्माण कार्य सम्पन्न गराउने तर्फ ध्यान दिन आवश्यक देखिएको छ ।

आर्थिक वर्षको अन्त्यमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुन सक्ने वजेटका लागि नगरपालिका कार्यालयको तर्फबाट जुटाउनु पर्ने लागत सहभागिता अंशका लागि समपुरक कोष ‘म्याचिङ्ग फण्ड’ को थप व्यवस्था गर्नुपर्ने देखिएको समितिले जनाएको छ । काँकरभिट्टा बस टर्मिनल र प्यारिभिट्टा बस पार्क निर्माणको क्रममा नगरपालिका कार्यालयबाट निर्माण कार्यको लागि नियुक्त निर्माण व्यवसायीको भुक्तानी कट्टा गरि राखिएको र सो सम्बन्धमा निर्माण व्यवसायी आर्बीटेशनमा गएर आर्बीटेटरबाट नगरपालिकाबाट कट्टा गरी राखेको ८३ लाख ५ हजार १ सय ५६ रुपैयाँ दावीकर्तालाई फिर्ता गर्नुपर्ने फैसला भएर आएकोले कार्यालयलाई भुक्तानीका लागि समितिले सुझाँव पेश गरेकोछ ।

जिल्ला समन्वय समिति झापाबाट मेचीनगर नगरपालिकालाई विभिन्न शीर्षकको अधिनमा रहेर लागत सहभागितासहितको योजना माग गरेकोमा सो का लागि वडा कार्यालय निर्माण तथा मर्मत सम्भार गर्न प्राथमिकिरण तोकेर सिफारीस गरिएको तथा म १ नम्बर प्रदेशको मुख्यमन्त्री ग्रामीण सडक योजनाका लागि ५ देखि १० किलोमिटर सम्मका सडक योजनाहरु छनौट गरी पेश गर्न प्रस्ताव गरेकोमा प्रदेश सदस्य गोपालचन्द्र बुढाथोकी श्रीप्रसाद मैनाली, मेचीनगर नगरप्रमुख विमल आचार्य उपप्रमुख मिना पोखरेल उप्रेतीसहितबाट क्रमस वडानम्बर ६,५,४ र २ तथा वडानम्बर ११, १२, १३ र १४ का ग्रामीण सडकहरुको योजना छनौट गरी सिफारीस गरिएको संयोजक कनालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *