ए डी म्यूजिक एकाडेमीको संगीतिक गतिविधी सार्वजनिक
Published: (Updated: )
by .मेचीनगर । झापाको मेचीनगर— ६ काँकरभिट्टामा सञ्चालित ए डी म्यूजिक एकाडेमीले आफुले अहिलेसम्म भए गरेका सांगितीक गतिविधी सार्वजनिक गरेको छ ।
सोमबार एकाडेमी परिसरमा नेपालका चर्चित गायक पुष्पन प्रधानको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन आयोजना गरी विविध विषयमा जानकारी गराएको हो । एकाडेमीका प्रवन्ध निर्देशक अर्जुन दाहालले आफ्नो विद्यालयले गीत तथा संगीतक्षेत्रमा निक्कै ठूलो योगदान पुर्याएको र हरेक वर्ष नेपाली गीत संगीतमा आफ्नो विद्यालयबाट विभिन्न विधाका नयाँ नयाँ कलााकरहरु उत्पादन गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले नेपालका चर्चित रियालिटी सोमा यसै एकाडेमीबाट उत्पादन भएका धेरै विद्यार्थीहरुले सहभागिता जनाएको र थुप्रै त टप ५ सम्म पर्न भएको जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि गायक प्रधानले अहिले नेपाली गीत संगीतको प्रशंसा गदैं नेपालमा कलाकारलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउए ।
उनले टेलिभिजन तथा आइडल र रियालिटी सो मा मात्र देखिन नभई असल संस्कारको विकास गर्न समेत गीत संगीत विधामा लाग्नुपर्नेमा जोड दिए । कलाकार भने पछि सवैले अत्यन्तै माया र सदभाव गर्ने गरेको बताउदैं उनले हरेक अभिभावकले आफ्ना सन्तानलाई असल संस्कार दिनुपर्ने र भावी पुस्ताले समेत असल संस्कार सिक्नुपर्नेमा जोड दिए । उनले आफ्नो गुरुजनको सम्मानमा कहिल्यै पछि पर्न नहुने बताउए । हरेक गुरुजनको आदर सत्कार गर्न नजान्ने असल शिष्य बन्न नसक्ने उनको दावी थियो ।
कार्यक्रममा कलाकारहरुले आ आफ्नो प्रस्तुती समेत दिएका थिए । ४ वर्षका अभिमन्यु प्रसाईले ड्रमसेट बचाई रहँदा सहभागी सवैको ध्यान खिचेको थियो । रुद्र प्रसाईले किवोड, आनन्द तामाङले ड्रमसेट तथा आयूष खतिवडाले गिटारको प्रस्तुती दिएका थिए ।
ए डी म्यूजिक एकाडेमीकातर्फ वेलायतको ट्रिनेटी कलेज लण्डनमा सहभागी भई संगीत परीक्षामा उत्तीर्र्ण भएका ११ जना विद्यार्थीहरुलाई ट्रिनेटी कलेज लण्डनबाट प्राप्त प्रमाण पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि प्रधान, बरिष्ठ बाद्यबाधक जीवनप्रकाश प्रधान, संगीतकर्मीहरु नरेन वर्देवा, अनिल रसाईली, प्रविन विश्वास, सर्वेश्वर विश्वास शिक्षक डम्मर रुचाललगायतले प्रमाण पत्र प्रदान गरेका थिए । प्रवन्ध निर्देशक दाहालले कार्यक्रमको सञ्चालन गदैं औचित्य माथि प्रकाश समेत पारेका थिए ।
Comments